काठमाडौं । टाटा मोटर्सले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जेठ १ देखि ३ गतेसम्म उक्त क्याम्प आयोजना गर्ने जनाएको छ ।
ग्राहकलाई आधुनिक, सुरक्षित तथा विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको क्याम्पमा विभिन्न आकर्षक सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा पाउनेछन् ।
यस क्याम्पमा टाटा मोटर्सका लोकप्रिय विद्युतीय तथा आईसीई (इन्धन) सेगमेन्टका विभिन्न मोडलहरू उपलब्ध हुनेछन् । ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रालि.मार्फत प्रदान गरिनेछ । कम्पनीले देशभर रहेका टाटा मोटर्सका शोरुममा पुगेर यस अवसरको लाभ लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।