कुवेत एयरवेजले काठमाडौं उडान पुन : सुरु गर्ने

काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । मध्यपूर्व युद्धका कारण कुवेत–काठमाडौं रोकिएको उडान पुनः सुरु गर्न लागेको कुवेत एयरवेजले जनाएको छ । 

एयरवेजका अनुसार कुवेत–काठमाडौं–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः सुरु गर्ने भएको छ । 

एयरवेजले  मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । 

Share News