प्रतिनिधिसभा बैठक सुरु

फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बुधबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । बैठक अपरान्ह सवा ३ बजेबाट सुरु भएको हो ।

प्रतिनिधिसभामा परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न दिने र गत १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बोलेको सीमासम्बन्धी विषयलाई रेकर्डबाट हटाउने सहमति भएसँगै बैठक सुरु भएको हो ।

जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्ता र विपक्षी दलबीचको संवादमा सहमति भएसँगै बैठक सुरु भएको हो ।

गत १७ जेठमा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध हुँदै आएको थियो । 

Share News