अब गम्भीर रोगमा आर्थिक चिन्ता कम गर्ने मेटलाइफको नयाँ योजना सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपालले 'क्रिटिकल इलनेस प्लस' नामक नयाँ राइडर सार्वजनिक गरेको छ, जसले जीवनका सबैभन्दा संवेदनशील क्षणहरूमा तत्काल आर्थिक राहत प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस राइडरले व्यक्तिगत जीवन बीमा योजनालाई थप सुदृढ बनाउँदै गम्भीर रोगको निदान भएपछि एकमुष्ट रकम भुक्तानी गर्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ । यसमार्फत अस्पताल खर्च मात्र नभई उपचारपछिको पुनःस्थापना, आम्दानीमा हुने कमी तथा दीर्घकालीन हेरचाहबाट उत्पन्न आर्थिक भारसमेत व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार 'क्रिटिकल इलनेस प्लस' लाई किफायती र सहज बनाइएको छ । छुट्टै बीमा योजना लिनु नपर्ने गरी यसलाई योग्य व्यक्तिगत बीमा योजनासँग सहज रूपमा जोड्न सकिन्छ । यसले क्यान्सर, स्ट्रोक, मिर्गौला फेल, कलेजो रोग, मुटुसम्बन्धी समस्या तथा प्रमुख अंग प्रत्यारोपणसहित ११ प्रकारका गम्भीर रोगमा सुरक्षा प्रदान गर्नेछ ।

बीमा सम्झौताअनुसार रोग पुष्टि भएलगत्तै लाभ रकम भुक्तानी गरिने भएकाले बीमितले आर्थिक चिन्ताभन्दा उपचार र स्वास्थ्य सुधारमा ध्यान दिन सक्नेछन् । साथै, एकमुष्ट भुक्तानी सुविधा भएकाले ग्राहकहरूले उक्त रकम उन्नत उपचार, विदेशमा उपचार, घरायसी खर्च वा अन्य आर्थिक दायित्वमा प्रयोग गर्न सक्नेछन् ।

राइडर सार्वजनिक गर्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गम्भीर रोगले व्यक्तिको जीवनमा स्वास्थ्य र आर्थिक दुवै क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै यस योजनाले ग्राहकलाई सहज, किफायती र प्रभावकारी सुरक्षा प्रदान गर्ने बताए ।

यससँगै कम्पनीले आफ्नो ग्रुप क्रिटिकल इलनेस राइडरलाई पनि थप विस्तार गरेको छ । अब कर्मचारी तथा उनीहरूका परिवारका लागि १४ वा २० वटा गम्भीर रोगसम्मको सुरक्षा विकल्प उपलब्ध हुने बताइएको छ । यसले रोजगारदातालाई लागत प्रभावकारी बनाउँदै कर्मचारी सुविधा पनि सुदृढ गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

Share News