युनाइटेड इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने, शतप्रतिशत हकप्रद सेयर पनि

<p>काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)ले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैशाख ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । सोही बैठकले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर दिने निर्णय पनि गरेको छ ।बीमा समितिको स्विकृति पछि कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद [&hellip;]</p>

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)ले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैशाख ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सोही बैठकले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर दिने निर्णय पनि गरेको छ ।बीमा समितिको स्विकृति पछि कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गर्नेछ ।

बीमा समितिले निर्जिबन बीमा कम्पनीहरुको पुँजी एक अर्ब हुनुपर्ने नयाँ व्यवस्था ल्याएपछि युनाइटेडले बोनस सेयर र हकप्रदको निर्णय गरेको हो ।

Share News