विश्व बैंकले देखायो नेपाली अर्थतन्त्रका एक दर्जन चुनौती, सन २०३० अघि न्युन मध्यम आय असम्भव

<p>काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक विकासमा सवालमा एक दर्जन चुनौतीको फेहरिस्ता सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विश्व बैंकको सिनियर अर्थ विद दामिर कोसिकले नेपालको आर्थिक विकासमा एक दर्जन भन्दा बढि गम्भिर चुनौती रहेको बताएका हुन् । उनले भुपरिवेष्ठित अवस्थिती, अस्पष्ट आर्थिक नीति नियम तथा कानुन, युवा शक्तिको विदेश पलायनता, [&hellip;]</p>

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक विकासमा सवालमा एक दर्जन चुनौतीको फेहरिस्ता सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विश्व बैंकको सिनियर अर्थ विद दामिर कोसिकले नेपालको आर्थिक विकासमा एक दर्जन भन्दा बढि गम्भिर चुनौती रहेको बताएका हुन् । उनले भुपरिवेष्ठित अवस्थिती, अस्पष्ट आर्थिक नीति नियम तथा कानुन, युवा शक्तिको विदेश पलायनता, अनुपयुक्त विकास मोडल लगायतका चुनौती रहेको बताए ।

यस्ता छन विश्व बैंकले औल्याएका चुनौती

विश्व बैंकको आर्थिक विकासका लागि नेपालको भौगोलिक अवस्थिती सबै भन्दा ठुलो चुनौतीका रुपमा रहेको बताएका छ । विश्व बैंकले तयार पारेको अध्ययन रिपोर्टका अनुसार कठिन भौगोलिक बनोटले नेपालको आर्थिक विकासलाई कहिल्यै सहज नबनाउने उल्लेख गरेको छ ।

बाह्य रुपमा भुपरिवेष्ठित र आन्तरिक रुपमै पनि बिविधतायुक्त कठिन भुगोलहरु नेपालको आर्थिक विकासमा प्राकृतिक अवरोधका रुपमा रहेको विश्व बैंकले बताएको छ । त्यस बाहेक भूकम्प, बाढि पहिरो लगायतका अनय प्राकृतिक प्रकोपहरु पनि नेपालको आर्थिक विकासका बाधक बनेको अध्ययन रिपोर्टमा भनिएको छ ।

भारतसँगको निर्भरताका कारण पनि नेपालको विकासमा समस्या उत्पन्न भएको विश्व बैंकको दावी छ । नेपालले आफ्ना हरेक सकारात्मक तथा नकारात्मक घट्ना तथा आर्थिक विकासका सवालमा भारतप्रति बढि नै उदार हुने गरेको अध्ययनमा भनिएको छ । एक दशक लामो सशस्त्र द्धन्द्ध, जातिय तथा क्षेत्रिय आन्दोलन र अस्थिर राजनीतिका कारण नेपालको आर्थिक विकास ओझेलमा परेको उसले दावी गरेको छ ।

त्यस बाहेक नेपालले अख्तियार गरेको अस्पष्ट आर्थिक नीतिले पनि आर्थिक विकासमा रोकावट ल्याएको बताइएको छ । लगानी मैत्री कानुनको अभाव सरकार फेरिएसँगै बदलिने प्राथमिकताले आर्थिक विकासको गति अवरुद्ध पारेको विश्व बैंकको ठहर छ । त्यस्तै, निरन्तरता रुपमा विदेशीएका युवा शक्तिले रेमिटेन्स पठाएको भएपनि आन्तरिक उत्पादन क्षमतामा भने ह्रास आएको बताइएको छ ।

नेपालले हालसम्म अख्तियार गरेको विकास मोडल नै अनुपयुक्त रहेको निष्कर्ष पनि विश्व बैंकले निकालेको छ । हाल जारी राजनीतिक तथा आर्थिक गतिबिधीले नेपालको तिब्र आर्थिक विकासमा सहयोग नपुग्ने ठोकुवा पनि गरिएको छ । अहिलेकै गतिमा काम गर्ने हो भने सन २०३० अघि नेपालले न्युन मध्यम आय भएको मुलुकका रुपमा आफुलाइई स्थापित गर्न नसक्ने पनि उसको निष्कर्ष छ ।

Share News