काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकको परासी शाखालाई महेशपुरचोक, परासीबजारमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी ले गरेका छन् ।

नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
६ अर्व ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्त सम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अबधिमा बैंकले १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।