देशमा लगानी गरेर भावी सन्ततिको लागि ढोका खोल्न उद्योग मन्त्रीको आग्रह

<p>काठमाडौं । वासिङ्गटन डिसी । उद्योग मन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको संभावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीहरुले समेत देशमा लगानी गर्न अनुरोध गरेका छन् । जनसम्पर्क समिति अमेरिकाले बुधवार न्यूयोर्कमा आयोजना गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गरे । पहिलो पुस्ताले मेहनत गरेर आर्जन [&hellip;]</p>

काठमाडौं । वासिङ्गटन डिसी । उद्योग मन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको संभावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीहरुले समेत देशमा लगानी गर्न अनुरोध गरेका छन् । जनसम्पर्क समिति अमेरिकाले बुधवार न्यूयोर्कमा आयोजना गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गरे ।

पहिलो पुस्ताले मेहनत गरेर आर्जन गरेको सीप र पूँजी मातृभूमिमा परिचालन गरेमा दोश्रो पुस्ताका सन्ततिलाई पनि मातृभूमिसँग जोडने सेतुको रुपमा यसले काम गर्ने उनले बताए ।

मन्त्री जोशीले लगानी सम्मेलनको आयोजना गरेर सबै राजनीतिक दलको प्रतिवद्धतामा देशमा स्वदेशी पूँजीको परिचालन र वैदेशिक लगानीको मार्ग प्रशस्त गर्न सफल भएको बताए ।

जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले राजनीतिक स्थायित्व पछि आर्थिक समृद्धमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

Share News