भरतपुरको पुनः मतदानको मुद्दा चालेन्द्र समशेरको बेञ्चमा

<p>काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्दा न्यायधिश चोलेन्द्र समशेर जबराको इजलासमा परेको छ । आइतबार भरतपुर महानगरपालिको १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान बिकले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै मुद्धा दायर गरेका थिए । माओवादी कार्यकर्ताले नै मत पत्र च्यातेका र उनीहरुकै [&hellip;]</p>

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्दा न्यायधिश चोलेन्द्र समशेर जबराको इजलासमा परेको छ ।

आइतबार भरतपुर महानगरपालिको १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान बिकले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै मुद्धा दायर गरेका थिए । माओवादी कार्यकर्ताले नै मत पत्र च्यातेका र उनीहरुकै माग बमोजिम पुनः मतदान गराउने निर्णय गरिएकाले सो निर्णयलाई उत्प्रेषणको आदेशद्धारा खारेज गर्न माग गरिएको छ ।

माओवादी र काँग्रेसले प्रधानन्यायधिश सुशिला कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता गराएको महाअभियोगलाई समेत चोलेन्द्रले अघि नबढाउन आदेश दिएका थिए ।

Share News