काठमाडौं । सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायधिश चोलेन्द्र समशेर जबराको एकल इजलासले निर्वाचन आयोगलाई पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वन नगराउन आदेश दिएको हो ।
जेठ १४ गते मध्यरातमा माओवादीका प्रतिनिधीले मत पत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको थियो । निर्वाचन आयोगले ९० वटा पत पत्र च्यातिएको र मत गणनास्थल कब्जा गरिएको दावी गर्दै पुनः मतदान गराउने निर्णय गरेको थियो ।
आयोगको निर्णय विरुद्ध सोही वडामा एमालेबाट सदस्यका उम्मेदवार बनेका गुञ्जमान बिकले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।सर्वाेच्चले जेठ २४ गते दुबै पक्षलाई बहसका लागि पनि बोलाएको छ ।