एलजी ब्राण्डको नयाँ कमर्सियल वासिङ मेसिन बजारमा, मूल्य ३ लाखदेखि साँढे ४ लाख पर्ने

<p>काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजी इम्पेक्स प्रा.लि.ले नेपाली बजारमा एलजीको नयाँ कमर्सियल वासिङ मेसिन भित्राएको छ । विश्व बजारमा अग्रस्थानमा आफ्नो पहिचान कायम राख्न सफ एलजीका फ्रन्ट लोड वासिङ मेसिन इन्नोभेटिभ, फिचरिष्टिक र ड्यूरेबल उत्पादनका लागि प्रख्यात छन् । एलजीले डोमेस्टिक वासिङ मेसिनको सफता पश्चात, ग्राहकहरुको माग अनुरुप दुई [&hellip;]</p>

काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजी इम्पेक्स प्रा.लि.ले नेपाली बजारमा एलजीको नयाँ कमर्सियल वासिङ मेसिन भित्राएको छ । विश्व बजारमा अग्रस्थानमा आफ्नो पहिचान कायम राख्न सफ एलजीका फ्रन्ट लोड वासिङ मेसिन इन्नोभेटिभ, फिचरिष्टिक र ड्यूरेबल उत्पादनका लागि प्रख्यात छन् ।

एलजीले डोमेस्टिक वासिङ मेसिनको सफता पश्चात, ग्राहकहरुको माग अनुरुप दुई थरीका नयाँ कमर्सियल वासिङ मेसिन नेपाल भित्र्याएको हो । दुई मोडलहरु १०.२ केजी र १५ केजी क्यापासिटीका रहेका छन् । डोमेस्टिक वासिङ मेसिनको तुलनामा तेब्बर भन्दा बढी टोटल वास साइकल रहेको कम्पनीले जानकारी गराएको छ ।

यो दुबै वासिङ मेसिनहरुमा हाई इफिसिएन्सी इन्भटर डाइरेक्ट ड्राइभ मोटर जडित छन् जसका कारण लुगा धुदा कम भाइब्रेसन र धेरै उर्जाको बचत हुने गर्दछ । कमर्सियल वासिङ मेसिन धेरै जस्तो होटल, हस्पिटल, लन्ड्रीम्याट, र अरु व्यवसायहरुको लागि उचित मानिन्छ । बजारमा १०.२ केजी मोडलको मूल्य ३ लाख ४५ हजार ७९० रुपैयाँ रहेको छ भने १५ केजीको मूल्य ४ लाख ५४ हजार १९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Share News