उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल जेनेभा प्रस्थान

<p>काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ औँ  महासभामा भाग लिन आइतबार जेनेभा गएका छन् । नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधि मूलक संस्था नेपाल उद्योग परिसंघबाट पहिलो पटक उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागी भएको छ । नेपाल उद्योग परिसंघलाई उपलब्ध गराइएको यस अवसरले एकातिर नेपाल [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ औँ  महासभामा भाग लिन आइतबार जेनेभा गएका छन् ।

नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधि मूलक संस्था नेपाल उद्योग परिसंघबाट पहिलो पटक उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागी भएको छ । नेपाल उद्योग परिसंघलाई उपलब्ध गराइएको यस अवसरले एकातिर नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालउद्योग परिसंघ र मुलुकको निजी क्षेत्र बीचको सम्बन्ध थप सुमधुर रहेको देखाएको छ ।

साथै, अर्कातिर निजी क्षेत्रको ६० प्रतिशतभन्दा बढी औपचारिक रोजगारी प्रदान गर्दै आएको क्षेत्रको परिसंघका उद्योग प्रतिष्ठानहरु एवं ट्रेड युनियनहरु बीचको औद्योगिक सम्बन्ध विश्वासमा थप सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।

Share News