टेलिकमको जिएसएम सेवा अब बाग्लुङमा पनि, छ सय घरधुरीका बासिन्दा प्रभावित

<p>काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको बिकट स्थान तमान खोलामा विटिएस  स्थापना गरि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेकाले कम्पनीले असार ९ गते देखि उक्त स्थानमा यस सेवा सञ्चालनमा ल्याएको हो । तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको बिकट स्थान तमान खोलामा विटिएस  स्थापना गरि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेकाले कम्पनीले असार ९ गते देखि उक्त स्थानमा यस सेवा सञ्चालनमा ल्याएको हो ।

तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको  बताएको छ ।

Share News