सिद्धार्थ डेभलपमेण्ट बैंकको ३९औं शाखा हेटौंडामा

<p>काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९औँ शाखा हेटौंडामा विस्तार गरेको छ । नवनिर्मित शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले गरेका हुन् ।सो अवसरमा महतले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमामात्र केन्द्रित नगरी ग्रामिण तथा सुदुर क्षेत्रका स्थानीय तहहरुमा विस्तार गर्नु पर्ने आजको आवश्यक्ता भएको बताए । कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९औँ शाखा हेटौंडामा विस्तार गरेको छ । नवनिर्मित शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले गरेका हुन् ।सो अवसरमा महतले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमामात्र केन्द्रित नगरी ग्रामिण तथा सुदुर क्षेत्रका स्थानीय तहहरुमा विस्तार गर्नु पर्ने आजको आवश्यक्ता भएको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष रामबहादुर भण्डारीले सो शाखामा जडान गरिएको एटिएम मेशिनको उद्घाटन गर्दै डेभलपमेण्ट बैंकको जनता बैंक नेपालसँग एक्विजिशन सम्बन्धी प्रकृया टुंगिन लागेको जानकारी दिए । दुई सवल बैंकहरुको एकिकृत कारोबारबाट उच्चस्तरको बैकिङ्ग सेवा अभिबृद्विका लागि सहयोग पुग्ने बताए ।

सिद्धार्थ डेभलपमेण्ट बैंक जनता बैंक नेपाललिसँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको छ । उक्त एक्विजिशन पश्चात जनता बैंक नेपालका ११३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Share News