काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार तनहुँको देवघाटमा बृहत निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत १६३ भन्दा बढी बिरामीको आँखा परिक्षण गराइएको थियो । ४९ जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरीएको उक्त कार्यक्रममा बिभिन्न आवश्यक औषधी समेत निःशुल्क वितरण गरीएको थियो । त्यसैगरी, उक्त शिविर मार्फत छानिएका १२ जना विरामीको भरतपुर आँखा अस्पतालमा निःशुल्क (मोतियाबिन्दु) पनि गरीएको थियो ।
यस बैंकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।
६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले २०७३ साल चैत्रमसान्त सम्ममा ५८ अर्ब ४८ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।