सेयर बेचेको तेश्रो दिनमै हातमा पैसा, चौथो दिन बेच्ने सुबिधा पनि

<p>काठमाडौं । अबदेखि सेयर कारोबार भएको तेश्रो दिनमै बिक्रेताका हातमा पैसा पर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले असार २१ गते अर्थात आजबाटै टि प्लस २ कार्यदिन लागु गरेको हो । असार १८ गते देखि तीन वटा नयाँ क्लियरिङ बैंकले सेवा आरम्भ गरेपछि तेश्रो दिनमै राफसाफ तथा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । [&hellip;]</p>

काठमाडौं । अबदेखि सेयर कारोबार भएको तेश्रो दिनमै बिक्रेताका हातमा पैसा पर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले असार २१ गते अर्थात आजबाटै टि प्लस २ कार्यदिन लागु गरेको हो । असार १८ गते देखि तीन वटा नयाँ क्लियरिङ बैंकले सेवा आरम्भ गरेपछि तेश्रो दिनमै राफसाफ तथा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

अब सेयर बजारमा सेयर कारोबार भएको तेश्रो दिनमै बिक्रेताले भुक्तानी पाउनेछन भने क्रेताको डिम्याट खातामा सेयर दाखिला भैसक्नेछ । सेयरको मूल्य बढेको खण्डमा क्रेताले चौथो दिनमै सेयर बिक्रि गर्न पनि सक्नेछ । क्लियरिङ बैंकको संख्या चारवटा पुगेपछि राफसाफ प्रक्रिया चुस्त हुने भन्दै सिडिएसले टि प्लस २ कार्यदिन आरम्भ गरेको हो । यस अघिसम्म टि प्लस ३ कार्यदिन कार्यान्वयनमा थियो ।

अहिले ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले क्लयरिङ बैंकको काम गरिरहेका छन् ।

Share News