सीईले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

<p>काठमाडौं । नेपालको अग्रणी निर्माण कम्पनी सीई कन्सट्रक्शन प्रा.लिले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१:२०१५ पाएको छ । कम्पनीले आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै आइएसओ ९००१:२०१५ स्तरको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउन सफल भएको हो । यस प्रमाणपत्रको अवधि सन् २०२० सम्म हुने कम्पनीले जानकारी दिएको छ । [&hellip;]</p>

काठमाडौं । नेपालको अग्रणी निर्माण कम्पनी सीई कन्सट्रक्शन प्रा.लिले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१:२०१५ पाएको छ । कम्पनीले आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै आइएसओ ९००१:२०१५ स्तरको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउन सफल भएको हो ।

यस प्रमाणपत्रको अवधि सन् २०२० सम्म हुने कम्पनीले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणित भएकाले कम्पनी माथि उपभोक्ताको विश्वास अझ एक तह माथि पुगेको सीईको भनाइ छ ।

यस अघि कम्पनीले आइएसओ ९००१:२००८ प्राप्त गरेको थियो ।

 

Share News