काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले मुलुकमा लघु, घरेलु तथा साना उद्योगको विकासका लागि वित्तीय तथा प्रविधिक पहुँचको कमि भएको बताएका छन् ।
ललितपुरस्थित आयोजीत अन्तराष्ट्रिय नीति विषयक गोष्टिमा डेपुटी गभर्नर सिवाकोटिले देशको आर्थिक समुन्नतको लागि वित्तीय तथा प्राविधिक पहुँचमा जोड दिनुपर्ने बताए ।
सिवाकोटीले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै लघु उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।
उनका अनुसार मुलुकका प्रत्येक नेपालीको बैंकमा खाता हुनुपर्ने र ७४४ वटै स्थानीय तहमा कमर्सियल बैंक राख्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको मुलुकमा आर्थिक विकासलाई लिएर कोही निराश हुनुपर्ने अवस्था नरहेको तथा हाल मुलुकको विभिन्न ३३२ स्थानमा मात्र बैंकको उपस्थिति रहेको भन्दै तत्काल करिब एक सय स्थानमा उपस्थिति बढाउन लागिएको उनले बताए ।
उद्योग मन्त्रालयका सहसचिव पुरुषोतम नेपालले मुलुक राजनीतिक मुद्दाबाट आर्थिक मुद्दामा गएको तथा साना तथा घरेलु उद्योगलाई चुनौती रहेको बताए ।
उद्योग मन्त्रालयका निमित्त सचिव गोपिकृष्ण खनालले छिमेकी मुलुक भारतमा पनि सरकारभन्दा निजी क्षेत्र विकास गर्ने क्रममा अघि रहेको भन्दै उद्योग व्यवसायको विकासमा निजी क्षेत्र अघि बढ्नुपर्ने बताए ।
साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीका अनुसार संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको वित्तीय र प्रविधि पहुँच भएकोमा जोड दिँदै गिरीले भने–‘कृषिमा धेरै प्रोजेक्टले अनुदान दिन्छन तर यो क्षेत्रमा न कुनै इन्सेन्टिभ छ नत सहज वित्तीय पहँच नै छ ।’
घरेलु तथा साना उद्योग महासंघ अन्तर्गत रहेको केन्द्रीय महिला समितिका अध्यक्ष रोशनी उपााध्यायले उद्यमीलाई आत्मनिर्भर बनाउने कार्यक्रम महत्वपूर्ण हुने बताईन
।
मुलुककै
अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेका घरेलु तथा साना उद्योग आवश्यक वित्तीय पहुँच अभावले फष्टाउन नसकेको तथा आत्मनिर्भरको विकास नभएको सरोकारवालाहरूले गुनासो गरेका छन् । यस्ता उद्योगका लागि आवश्यक पर्ने वित्तीय पहुँच नै उद्यमीका लागि मुख्य चुनौति रहेको उनीहरूको भनाई छ ।