काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कालिकोटको खडाचक्र नगरपालिकामा सञ्चालन गरेको छ । बिहीबार एक समारोहका बिच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीद्वारा संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।