मेलम्ची नआउने भएपछि राजधानीवासीलाई बागमतीकै पानी खुवाउने तयारी

<p>काठमाडौं । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो। आयोजनाले राजधानीवासीलाई यस वर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो। ‘हामीले साउनको अन्तिमतिर परीक्षण गर्छौ, यसका लागि रफ्तारमा [&hellip;]</p>

काठमाडौं । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् ।

सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो।

आयोजनाले राजधानीवासीलाई यस वर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो।

‘हामीले साउनको अन्तिमतिर परीक्षण गर्छौ, यसका लागि रफ्तारमा काम भइरहेकोछ,’ आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले भने ।

वागमतीको पानी विशेष गरी सुन्दरीजलमा निर्माणको अन्तिम चरणमा रहेको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र जसले पानीलाई सुद्ध र निर्मलीकरण गर्छ) को परीक्षण, अहिले बिछ्याइरहेको खानेपानीका पाइपहरू, विभिन्न स्थानमा बनेका पानी पोखरीको क्षमता परीक्षणका लागि बागमतीको पानी ल्याउन लागिएको हो।’नेपाल समाचारपत्र दैनिकबाट ।

Share News