यी हुन निर्यात बढेका १० नेपाली उत्पादन

<p>काठमाडौँ । चुलिँदो व्यापार घाटाका बिच १० नेपाली उत्पादनको निर्यात भने वृद्धि भएको छ । चालु आर्थिक बर्षको ११ महिनामा १० वटा नेपाली उत्पादनको निर्यात बढेको तथ्यांकले देखाएको हो । यसरी निर्यात बढेका नेपाली उत्पादनहरुमा चिया, छाला, जुस, जडिबुटी, तयारी पोशाक, फेल्टका समान, चाँदीका गहना, फलामका समान, प्राकृतिक तेल, प्राकृतिक रसायन छन् । यीनै १० [&hellip;]</p>

काठमाडौँ । चुलिँदो व्यापार घाटाका बिच १० नेपाली उत्पादनको निर्यात भने वृद्धि भएको छ । चालु आर्थिक बर्षको ११ महिनामा १० वटा नेपाली उत्पादनको निर्यात बढेको तथ्यांकले देखाएको हो । यसरी निर्यात बढेका नेपाली उत्पादनहरुमा चिया, छाला, जुस, जडिबुटी, तयारी पोशाक, फेल्टका समान, चाँदीका गहना, फलामका समान, प्राकृतिक तेल, प्राकृतिक रसायन छन् ।

यीनै १० उत्पादनहरुको निर्यात गत आवको ११ महिनाको तुलनामा २१ दशमलब ४९ प्रतिशतले बढेर २४ अर्ब ९९ करोड ८८ लाख पुगेको हो । गत आवको सोही अवधीमा यी उत्पादनको निर्यात जम्मा २० अर्ब ५७ करोड ५६ लाख रुपैंयाँको मात्रै भएको थियो ।

कुन उत्पादनको कति बढ्यो निर्यात
जनावरको छाला निर्यात ६२ करोड १० लाखबाट बढेर ६८ करोड ४७ लाख पुगेको छ भने चियाको निर्यात २ अर्ब ११ करोडबाट बढेर २ अर्ब ३६ करोड पुगेको छ । तयारी पोषाकको निर्यात ३ अर्ब ३ करोडबाट बढेर ३ अर्ब ४ करोड पुगेको छ । चाँदीका गहनाको निर्यात पनि १२ करोडबाट ५६ लाखबाट बढेर १२ करोड ८८ लाख पुगेको छ ६५ को रकममा बढेको छ ।

प्राकृतिक तेलको निर्यात २२ करोडबाट बढेर ३६ करोड पुगेको छ भने जुसको निर्यात २ अर्ब ७२ करोेडबाट बढेर ४ अर्ब ८७ करोड पुगेको छ । कटन तथा पोलिष्टरको निर्यात ४ अर्ब ८२ करोडबाट वृद्धि भएर ६ अर्ब १५ करोड पुगेको छ । त्यस्तै, फलामका समानको निर्यात पनि ४ अर्ब २४ करोडबाट बढेर ४ अर्ब ८६ करोड पुगेको छ भने फेल्टको निर्यात १ अर्ब १४ करोडबाट बढेर १ अर्ब ३२ करोड पुगेको छ ।

प्राकृतिक तेलको निर्यात १ अर्ब ५४ करोडबाट बढेर १ अर्ब ५९ करोड पुगेको छ । नेपालको समग्र निर्यात ५ दशमलब ८ प्रतिशतले बढेर ६७ अर्ब ३५ करोड पुगेका बेला १० वस्तुहरुको निर्यात भने २१ दशलब ४९ प्रतिशतले बढेको हो ।

Share News