भरतपुर पुनः मतदान काण्डः के आउँछ फैसला ?

<p>काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्दाका सुनुवाई आज हुँदैछ । न्यायधिस ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको बेञ्चमा परेको मुद्दा यसअघि हेर्दा हेर्दैमा परेको थियो । जेष्ठ १४ गते वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । निर्वाचन [&hellip;]</p>

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्दाका सुनुवाई आज हुँदैछ । न्यायधिस ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको बेञ्चमा परेको मुद्दा यसअघि हेर्दा हेर्दैमा परेको थियो ।

जेष्ठ १४ गते वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । निर्वाचन आयोगले भने मतपत्र च्यातिएकाले पुनः मतदान गराउने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध सोही वडामा एमालेका तर्फबाट सदस्यका उम्मेदवार बनेका गुञ्जमान बिकले सर्वाेच्चमा मुद्धा हालेका थिए ।

यसअघि पुनः मतदान गराउने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न न्यायधिश चोलेन्द्र शमशेर राणाले आदेश दिएका थिए ।

Share News