काठमाडौं । विशालबजार कम्पनीको ३४औँ वार्षिक साधारणसभा आगामी साउन ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि साउन १० गतेदेखि साउन ३१ गते सम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

उक्त सभा सम्बन्धि निर्णय साउन ९ गते बसेको कम्पनीको १३०४औँ बैठकले गरेको हो । कम्पनीको सभा काठमाडौंको प्रदशनी मार्ग, भृकुटी मण्डपमा हुने भएको छ ।
सभामा कम्पनीको अध्यक्षबाट प्रस्तुत हुने संचालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीको आर्थिक वर्ष २०७०/२०७१ र २०७१/२०७२ को वासलात, आय विवरण, नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ३ करोड ९६ लाख कित्ता सेयर नेपाल सरकारको अर्थ मन्त्रालयका नाममा कायम गर्ने प्रयोजनका लागि कम्पनीको अधिकृत पुँजी चार अर्ब एक करोड रुपैयाँ कायम गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । साथै, सोही अनुरुप जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने कम्पनीले जनाएको छ ।
साभाले हालै कम्पनीमा नियुक्त भएका चार्टर्ड एकाउन्टेन्ट पूर्णेश्वर श्रेष्ठको नियुक्तिलाई अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।