एनआईसी एशिया क्यापिटलको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरु

<p>काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको &#8216;मेरो शेयर&#8217; सफ्टवेयर सेवा शुरु गरेको छ । यस सेवा अन्तर्गत क्यापिटलका हितग्राहीले आफ्नो खातामा भएको कारोवारको जानकारी अनलाइन मार्फत हेर्न सक्ने क्यापिटलले बताएको छ । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निक्षेप सदस्यहरुलाई प्रदान गरेको सेवा क्यापिटल मार्फत वार्षिक रुपमा पचास रुपैयाँ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरु गरेको छ । यस सेवा अन्तर्गत क्यापिटलका हितग्राहीले आफ्नो खातामा भएको कारोवारको जानकारी अनलाइन मार्फत हेर्न सक्ने क्यापिटलले बताएको छ ।

साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निक्षेप सदस्यहरुलाई प्रदान गरेको सेवा क्यापिटल मार्फत वार्षिक रुपमा पचास रुपैयाँ शुल्क भुक्तानी गरी लिन सकिने छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ लिन ईच्छुक सेवाग्राहीहरुले सो सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा रहेको कारोबार कार्यालयबाट तथा एनआईसी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत आवेदन फारम भरि बुझाउन सकिने व्यवस्था गरिएको छ ।

एनआईसी एशिया क्यापिटलले सूचना, प्रविधि तथा विशेषज्ञताको उचत्तम प्रयोग गर्दै, लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ मार्फत ग्राहकहरुको सुबिधा अभिवृद्धि हुने विश्वास गरिएको छ । क्यापिटलडले ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै निः शूल्क डिम्याट(हितग्राही) खाता खोल्न सकिने बताएको छ । साथै, प्रथम वर्षको डिम्याट (हितग्राही) खाता संचालनमा छुटको व्यवस्था समेत गरेको छ ।

Share News