ऊर्जामन्त्रीले भने-काम सुरु नगर्नेको लाइसेन्स खारेज गरिने छ

<p>काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले निर्धारित समयमा जलविद्युत आयोजनाको काम सुरु नगर्ने लगानीकर्ताको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने बताएका छन् । जलविद्युतमा दलाल र माफियाले गर्दा काम हुन नसकेको बताउदै काम नगर्नेका लाइसेन्स खारेज गरिने जानकारी गराएका हुन् । अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजसंगको भेटमा मन्त्री शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना समयमै निर्माण हुन [&hellip;]</p>

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले निर्धारित समयमा जलविद्युत आयोजनाको काम सुरु नगर्ने लगानीकर्ताको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने बताएका छन् ।

जलविद्युतमा दलाल र माफियाले गर्दा काम हुन नसकेको बताउदै काम नगर्नेका लाइसेन्स खारेज गरिने जानकारी गराएका हुन् । अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजसंगको भेटमा मन्त्री शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना समयमै निर्माण हुन नसक्नुमा निमार्ण कम्पनीले ढिलासुस्ती रहेको जानकारी दिए ।

मन्त्री शाहीले समयमै काम नगर्ने कम्पनीसंग एकपटक छलफल गरी समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनिको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने स्पष्टपारेका छन् ।

गोञ्जालेजले बुधबार आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको जानकारी गराएका छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा कार्यबहाक राजदुत गोञ्जालेजले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको बारेमा चासो व्यक्त गरेका थिए ।

 

Share News