नागरिक छात्रवृत्ति परियोजनामा एनआरएनए र सिभिल इनिसियटिभबीच सम्झौता

<p>काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र सिभिल इनिसियटिभबीच नागरिक छात्रवृत्ति कोष (सिभिल स्कलरसिप फण्ड) स्थापनाको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंकले हरेक वर्ष ३ लाखका दरले ५ वर्षमा कुल १५ लाख रूपैयाँ सहयोग गर्ने गरी हस्ताक्षर गरेको छ । यो छात्रवृत्ति कक्षा आठदेखि १२ सम्म अध्ययन गर्नेहरुलाई समावेशीताको सिद्धान्तअनुसार प्रदान [&hellip;]</p>

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र सिभिल इनिसियटिभबीच नागरिक छात्रवृत्ति कोष (सिभिल स्कलरसिप फण्ड) स्थापनाको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंकले हरेक वर्ष ३ लाखका दरले ५ वर्षमा कुल १५ लाख रूपैयाँ सहयोग गर्ने गरी हस्ताक्षर गरेको छ ।

यो छात्रवृत्ति कक्षा आठदेखि १२ सम्म अध्ययन गर्नेहरुलाई समावेशीताको सिद्धान्तअनुसार प्रदान गरिने छ । छात्रवृत्ति कोषको निरन्तरताका लागि बैंकबाट प्राप्त ब्याजबाट विद्यार्थीहरुलाई सहयोग प्रदान गरिनेछ ।

अवसरबाट विभुख समुदायका विद्यार्थीहरुको सहयोगको लागि स्थापना गरिएको यस कोषको मुख्य उद्देश्य विद्यार्थीहरुको भर्ना दरमा वृद्धि गर्नु, विद्यालयमा उनीहरुको उपस्थिति बढाउनु, स्कुल छोडने दर कम गर्नु र अध्ययनको स्तर बढाउनु रहेको छ ।

यस कोषमा एनआरएनए थाइलयाण्डले यसअघि नै ३६ लाख रुपियाँभन्दा बढि सहयोग गरिसकेको छ । यो रकम मेगा बैंकमा मुद्दती खाता खोजी सम्मा गरिएको छ । कोषको परिचालनका लागि नागरिक छात्रवृत्ति कोष निर्देशिका, २०१७ तयार गरिएको छ ।

पहिलो बर्ष पाइलोट प्रोजेक्ट को हिसाबमा भूकम्प प्रभावित दोलखा र गोरखा जिल्लाका २०–२० जना गरी ४० जना विद्यार्थीलाई यो छात्रवृत्ति वितरण गरिनेछ । त्यसपछि प्रत्येक वर्ष १०० जना बिद्यार्थी लाइ छात्रवृति वितरण गर्ने लक्ष्य रहेको एनआरएनए थाईल्याण्ड का अध्यक्ष एबम नागरिक छात्रवृति का प्रबर्द्धक ढकाल ले जनाएका छन् ।यसको सञ्चालनका लागि तपशील बमोजिमको छात्रवृत्ति कार्यान्वयन समिति गठन गरिएको छ ।

छात्रवृत्ति कोषको दीर्घकालिन सञ्चालनका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुमार्फत कोषको रकम बढाउन सिभिल इनिसियटिभ र एनआरएनए थाइल्याण्डले निरन्तर र संयुक्तरुपमा पहल गरिने एनआरएनएले  जनाएकाे छ । साथै, कोषको पारदर्शी खर्चका लागि यसको कारोबारको विवरण संस्थाको प्रकाशन र वेभसाइटमार्फत नियमितरुपमा सर्वाजनिक गरिने छ । सिभिल इनिसियटिभ नामक संस्थाको नाममा मेगा बैंकमा रहेको यस छात्रवृत्ति कोषको खाता नम्बर ००१००६०३७२३४३ रहेको एनआरएनएले  जनाएकाे छ ।

Share News