न्युदिल्ली, एजेन्सी । बिक्री घटेपछि भारतको कन्जुमर प्रडक्ट कम्पनी डावर इन्डिया लिमिटेको खुद नाफा १० प्रतिशत गिरावट आएको छ । भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागु गरेपछि उत्पादन भण्डारण गर्नुपर्दा डावरको नाफमा गिरावट आएको हो ।
गत जुनसम्म डावरको नाफा ९.८ प्रतिशत घटेको जानकारी गराएको छ । यस्तै विमौद्रीकरण नीति, व्यापार असन्तुलन र जीएसटीले नाफामा गिरावट आएको लाइभ मिन्ट अनलाइनले जनाएको छ ।
गत जुनसम्म डावरको खुदनाफा घटेर २ अर्ब ६४ करोड ८६ लाख भारुमा सिमित भएको छ । अघिल्लो वर्ष डावरको खुद नाफा २ अर्ब ९३ करोड ६४ लाख भारु थियो ।
गत जुन ३० सम्म डाबरको बिक्री घटेर १७ अर्ब ९० करोड भारुमा समित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको बिक्री १९ अर्ब ५२ करोड रुपैयाँको व्यापार भएको थियो । सुरुको केही महिना व्यापार बढेर सकरात्मक संकेत देखिए पनि जीएटीका कारण सामानको भण्डारण बढेपछि बिक्रीमा गिरावट आउदो समग्र नाफमा असर परेको हो । “यस्तो अवस्थामा पनि हाम्रा उत्पादनको माग सबल रहेको छ । सुधार हुने क्रममा छौ”, डावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील डग्गलले भने ।