टाटा मोटर्स् कार मेला सिजन ५ सम्पन्न, २५०० जनाले गरे अवलोकन

<p>काठमाडौं । नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.द्वारा २०७४ साउन २०-२२ गतेसम्म काठमाडौंको नक्सालमा आयोजना गरिएको ३ दिने टाटा मोटर्स् कार मेला सिजन ५ आइतबार सम्पन्न भएको छ । २,५०० भन्दा बढीले दर्शकहरुले अवलोकन गरेको सो कार मेलामा अवलोकनकर्ताहरु टाटाका विभिन्न कारहरुबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.द्वारा २०७४ साउन २०-२२ गतेसम्म काठमाडौंको नक्सालमा आयोजना गरिएको ३ दिने टाटा मोटर्स् कार मेला सिजन ५ आइतबार सम्पन्न भएको छ । २,५०० भन्दा बढीले दर्शकहरुले अवलोकन गरेको सो कार मेलामा अवलोकनकर्ताहरु टाटाका विभिन्न कारहरुबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।

आयोजक सिप्रदी ट्रेडिङ्गका अनुसार सो कार मेलामा उपस्थित दर्शकहरुमध्ये ६८० भन्दा बढीले टाटाका विभिन्न मोडलका कारहरु टेस्ट ड्राइभ गरे भने १०० जनाले टाटाको गाडीे खरिदका लागि बुकिङ्ग गरेका थिए । साथै ३०० भन्दा बढी सहभागी दर्शकहरुले एक्स्चेन्जको लागि आफ्नो पुरानो गाडीको मूल्याङ्कन गराएका थिए ।

उक्त मेलामा कलाकारहरुद्वारा साल्सा डान्स, बेली डान्स साँगितिक कार्यक्रम लगायत अन्य विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका दिए । साथै शनिबार अपरान्ह नेपालका चर्चित हाँस्य कलाकार जितु नेपालले आफ्नो प्रस्तुतीद्वारा दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

साथै, मेलाका अन्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स सुविधा, पेन्ट बल, फुड स्टल, बी–बोईङ्ग, नेल आर्ट, फेस पेन्टिङ्ग, हुभरबोर्ड डान्स र पुरस्कार वितरणलगायतका कार्यक्रमहरु रहेका थिए । टाटा मोटर्स् कार मेला सिजन-५ मा सहभागी भएर मेलालाई विशेष एवं उत्कृष्ट बनाइदिनुभएका सम्पूर्ण दर्शकहरुप्रति आयोजक संस्थाले आभार समेत व्यक्त गरेको छ ।

Share News