भरतपुरमा चुनाव जित्ने यस्तो थियो माओवादीको तयारी, ‘प्रचण्ड टोल सुधार समिति’लाई एक करोड ५० लाख

<p>काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस गठबन्धनले निर्वाचन जितेको छ । मताधारमा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रकी प्रमुख उम्मेदवार रेणु दाहालले काँग्रेसँगको गठबन्धनमा निर्वाचन जितिन् । वडा नम्बर १९ मा मत पत्र च्यातेपछि गरिएको पुनः मतदानले दाहालको विजयलाई सुनिश्चित गरेको स्पष्टै देखिन्छ । मत पत्र च्यातेर पुनः मतदान गराउँदै आफु विजयी [&hellip;]</p>

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस गठबन्धनले निर्वाचन जितेको छ । मताधारमा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रकी प्रमुख उम्मेदवार रेणु दाहालले काँग्रेसँगको गठबन्धनमा निर्वाचन जितिन् । वडा नम्बर १९ मा मत पत्र च्यातेपछि गरिएको पुनः मतदानले दाहालको विजयलाई सुनिश्चित गरेको स्पष्टै देखिन्छ । मत पत्र च्यातेर पुनः मतदान गराउँदै आफु विजयी हुने योजना अनुसार नै माओवादीले मत पत्र च्यातेको आरोप लागिरहेको छ ।

तर माओवादीले भरतपुरमा निर्वाचन जित्न काँग्रेससँग तालमेल र मत पत्र च्यात्ने योजना मात्रै बनाएको थिएन् । उसले प्रचण्ड प्रधानमन्त्री हुँदा देखि नै भरतपुरलाई आफ्नो पकड क्षेत्र बनाउने भरमग्दुर प्रयास गरेको थियो । निर्वाचन क्षेत्र नम्बर ४ पर्ने भरतपुरम महागरपालिकामा प्रचण्ड सरकारले ‘प्रचण्ड टोल सुधार समिति’का लागि भन्दै एक करोड ५० लाख रुपैंयाँ रकमान्तर गरेको देखिन्छ जुन निर्वाचन कै पुर्व सन्ध्यामा भएको थियो

अर्थ मन्त्रालयबाट प्राप्त विवरण अनुसार प्रचण्ड सरकारले पहिलो चरणको निर्वाचन अघि नै चितवन जिल्लालाई केन्द्रित गरेर ८७ करोड रुपैंयाँ रकमान्तर गरेको थियो । सो रकममध्ये १७ करोड ६३ लाख रुपैंयाँ भरतपुर महानगरपालिका भित्र मात्रै उपलब्ध गराइएको थियो । प्रचण्डले आगामी संसदिय निर्वाचनमा अहिलेको चितवन क्षेत्र नम्बर ४ बाटै उम्मेदवार दिने तयारीका साथ प्रधानमन्त्री हुँदा यथेष्ठ बजेट रकमान्तर गरेका हुन् । उनले छोरी रेणु दाहाललाई महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएर आफ्ना लागि जनमत बुझ्ने प्रयास गरेका हुन् ।

Share News