काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण भएको छ । बैंकले ग्राहकवर्गलाई थप सहज एवम् सरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले सम्पुर्ण भौतिक पुर्वाधार युक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको हो ।

उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले गरे । बैंकको हाल कायम रहेको बृहत शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ्ग सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने पराजुलीले बताए ।
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस्, मोबाइल बैंकिङ, रेमिटेन्स,लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल ५१ वटा शाखा सञ्जालहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।