काठमाडौं । नबिल बैंकले आफ्नो ३३ औं वार्षिक उत्सवको अवसर पारेर मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकले विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी वातावरण संरक्षण र हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले साउन २१ गते उक्त स्थानमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीय जनताहरुलाई सुविधाको लागि एउटा सानो चौतारी निर्माण गर्ने र बृक्षरोपण गरिएको क्षेत्रलाई फलामे तारको वार लगाई सुरक्षित गर्ने कामको शुरुवात स्वरुप बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले चौतारीको शिलान्यास गरेका थिए ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला, वातावरण आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परको छ ।