आउदो वर्ष ६ सय मेगावाट बिजुली थपिने

<p>काठमाडौं । आगामी आर्थिक वर्ष ०७५/०७६ मा थप ६ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ । ४५६ मेगाावाटको माथिल्लो तामाकोसी, निजी लगानीमा निर्माण भएका आयोजना र सौर्य ऊर्जा मिश्रित गरी ६ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको हो । विद्युत क्षेत्रको सुधार गरी आउदो ३ वर्षमा सरकारले १ हजार २ सय [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्ष ०७५/०७६ मा थप ६ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ ।

४५६ मेगाावाटको माथिल्लो तामाकोसी, निजी लगानीमा निर्माण भएका आयोजना र सौर्य ऊर्जा मिश्रित गरी ६ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको हो । विद्युत क्षेत्रको सुधार गरी आउदो ३ वर्षमा सरकारले १ हजार २ सय मेगावाट थप बिजुली उत्पादनको लक्ष्य लिएको छ ।

चालु आवमा सरकारले बजेटमार्फत ८ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएपनि नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक र निजी लगानीबाट साढे २ सय मेगावाट बिजुली उत्पादन हुने बताएको छ । यता सरकारले माथिल्लो तामाकोसी सम्पन्न हुने अनुमानका आधारमा यो लक्ष्य लिएको हो । तामाकोसी आउदो ०७५ असारमा एउटा युनिट सञ्चालनमा ल्याइ बाँकी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

चालु आवमा सार्वजनिक क्षेत्रबाट चमेलिया र कुलेखानी गरी ४४ मेगावाट र बाँकी निजी लगानीबाट बिजुली उत्पादन हुने विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् ।

गत आवमा निजी क्षेत्रका ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावट बिजुली थप भएको छ । यो समेत गरी जडित क्षमता ९८० मेगावाट पुगेको छ । यो हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र विराटनगरमा रहेको मल्टिफयुल प्लाण्ट समेत गरी हो । यी दुईको जडित क्षमता ५३ मेगावाट छ । जलविद्युत मात्र ९१८ मेगावाट छ । यसमध्ये विद्युत प्राधिकरणको ४७७ र निजी क्षेत्रको ४४१ मेगावाटरहेको छ ।

गत वर्ष राष्ट्रियविद्युत प्रणालीमा उच्चतम् माग १३०६ मेगावाट रहेको छ । आगामी सुख्खायाममा यो माग करिब १७४२ मेगावाट रहने अनुमान गरिएको छ ।

हालको विद्युत माग पूर्ति गर्न विद्युत प्राधिकरणबाट सञ्चालित जलविद्युत केन्द्रहरुबाट ३४५ मेगावाट, निजी प्रवर्द्धकका जलविद्युत केन्द्रहरुबाट ३३१ मेगावाट तथा आयात ३०० मेगावाट गरी कूल ९७६ मेगावाट आपूर्ति भइरहेको छ । ३३० मेगावाट उद्योगमा मात्र लोडसेडिङ भइरहेको अवस्था छ । विद्युत चुहावट २३.९ प्रतिशत छ ।

यता प्राधिकरणले लोडसेडिङ हटाउन यो वर्ष भारतबाट ५ सय मेगावाटसम्म बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । गत आवमा प्राधिकरणले ३८५ मेगावाटसम्म बिजुली आयात गरेको थियो ।

Share News