सुजुकीको ‘दशैं तिहार चक्कामा चक्का नगद पक्का’ योजना, एक लाख रुपैयाँसम्मको छुट, उपहारमा रिनाल्ट कार    

<p>काठमाडौं । भिजि अटोमोबाइल्स प्रालिले दशैं तिहारलाई लक्षित गर्दै &#8216;सुजुकी दशैं तिहार चक्कामा चक्का नगद पक्का&#8217; उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि मोटरसाईकलको खरिदमा सात हजार रुपैयाँ  र स्कुटरमा नौ हजार रुपैयाँ नगद छुट तत्काल प्राप्त गर्न सक्ने छन् । यसका साथै ग्राहकले स्क्र्याच कार्ड मार्फत एक लाख [&hellip;]</p>

काठमाडौं । भिजि अटोमोबाइल्स प्रालिले दशैं तिहारलाई लक्षित गर्दै ‘सुजुकी दशैं तिहार चक्कामा चक्का नगद पक्का’ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि मोटरसाईकलको खरिदमा सात हजार रुपैयाँ  र स्कुटरमा नौ हजार रुपैयाँ नगद छुट तत्काल प्राप्त गर्न सक्ने छन् । यसका साथै ग्राहकले स्क्र्याच कार्ड मार्फत एक लाख रुपैयाँसम्मको थप नगद छुट र बम्पर उपहारमा रिनाल्ट क्वीड कार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो योजना सुजुकीको देशभरमा रहेका सबै शोरुमहरुमा विहीबारदेखि लागु गरिएको छ । यो योजनाका अतिरिक्त कम्पनीले सबै प्रकारका दुई पाङ्ग्रे सवारी साधनमा पाँच वर्षको वारेन्टी पनि प्रदान गरेको छ । यसैगरी योजना अवधिभर कम्पनीले सबै शोरुमहरुमाएक्सचेन्ज र फाईनान्सको सुविधा उपलब्ध गराएको छ ।

सुजुकी जापानीज बाइकहरु निर्माण गर्ने विश्वव्यापी रुपमा ख्याति प्राप्त एक प्रमुख बाइक निर्माता कम्पनी हो ।

Share News