ललितपुर । ललितपुर मोबाइल कम्प्लेक्सले दसैं तिहारको अवसरमा विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ ।

भदौ १६ गतेदेखि २६ गतेसम्म चल्ने ललितपुर मोबाइल एक्स्पोसँगै कम्प्लेक्समा नै रहेको टेलि इनोभेसन प्रालिको शोरुमको पनि ग्राण्ड ओपनिङ हुनेछ । ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिईने कम्पनीले जानकारी दिएको छ । ग्राहकले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् ।
त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्नसक्नेछन् ।
मोबाइल कम्प्लेक्समा नौ सय रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु रहेका छन् । एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुने कम्प्लेक्सले जानकारी दिएको छ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि छन् ।
कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने, ‘यहाँ गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र उपलब्ध हुन्छन भन्ने ग्राहकहरुलाई थाहा भईसकेको छ । अब हामी हाम्रा ग्राहकहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।’