विश्वज्योतीमलमा चाडपर्व लक्षित कार्यक्रम ‘फेस्टिभ कार्निभल’, ५० प्रतिशतसम्म छुट अफर

<p>काठमाडौं । राजधानीको जमलमा रहेको विश्वज्योती मलमा फेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी मलले भदौ आठ गते बिहीबारदेखि कार्निभल सुरु गरेको हो । कार्निभलअवधिभर विश्वज्योतिमलमा सामान खरिदबापत सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने मलले जानकारी दिएको छ। भदौ २० गतेसम्म चल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निशुल्क कुपन बितरण गर्ने [&hellip;]</p>

काठमाडौं । राजधानीको जमलमा रहेको विश्वज्योती मलमा फेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी मलले भदौ आठ गते बिहीबारदेखि कार्निभल सुरु गरेको हो ।

कार्निभलअवधिभर विश्वज्योतिमलमा सामान खरिदबापत सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने मलले जानकारी दिएको छ।
भदौ २० गतेसम्म चल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निशुल्क कुपन बितरण गर्ने जनाएको छ । उक्त कुपनबाट मलपुग्ने जो कोहीले पनि गोला प्रथाबाट साप्ताहिक रुपमा मोबाइल फोन, दैनिक रुपमा सपिङ भौचर तथा लञ्च कुपनका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् । त्यसै गरी लाइभ म्युजिक, फेशन शो तथा गेम शो कार्निभलको आकर्षणका रुपमा रहने छन् । खाने प्रतियोगिता समेत सञ्चालनहुने कार्निभलमाआईसक्रिम, ममतथा बर्गर खाने प्रतियोगितापनि सञ्चालनहुनेछ ।

निशुल्क फेस पेन्टिङ, जादु प्रदर्शन तथा हास्य व्यङ्ग्यप्रदर्शनी समेत हुने कार्निभलमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने कार्निभलका संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए ।

यसका साथै मलमा पुरुषकालागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूकालागि गरगहना तथा बुटिक र बालबालिकाकालागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामान पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, कफी शप लगायतका ४० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु मलमा सञ्चालनमा रहेका छन् ।

Share News