काठमाडौं । महिलाहरुको महान चाड ऋषी पञ्चमीको पावन अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडको कालीमाटी शाखाले भदौ १० गते टेकु स्थित ऋषेश्वर महादेव दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई निशुल्क स्वास्थ शिविर एवं पानी तथा जुस खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रमा करीब ३० देखि ४० हजार भन्दा बढी दर्शनार्थीहरुलाई बैंकले राती १२ बजे देखि साँझ ४ बजेसम्म पिउने पानी तथा जुस वितरण गरेको थियो भने निशुल्क स्वास्थ शिविरबाट करिब ५०० जना प्रत्यक्ष लाभान्वीत भएका थिए ।
संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।