सानिमा बैंक र सहारा नेपालबीच रेमिट्यान्स भुक्तानी सम्झौता

<p>काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपालबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपालबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७००० भन्दा बढि भुक्तानी संजाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यूएई, कतार, यूके, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ ।

सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ एटिम रहेको छ ।

 

Share News