काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सुनसरीको ईटहरीमा आफ्नो ४१औँ शाखा स्थापना मंसिर ६ गते बुधबार देखि कारोवार शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैकका संचालक उद्धवराज पुरीले एक समारोहकाबीच गरेका थिए ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४१ पुगेका छन् भने एटीएमसंख्या २० पुगेका छन् । बैंकले निकट भविश्यमा कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप दुई शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।