केपी ओलीले गर्दैछन् बाहिरी चक्रपथको शिलान्यास, नयाँ सरकार पर्खदै आयोजना

<p>काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको शिलान्यास केपी ओलीले गर्ने भएका छन् । यस अघि मंसिर अन्तिम साता आयोजनाको शिलान्यास गर्ने तयारी गरिएको थियो । तर बामपन्थी सरकार निर्माण हुने अवस्था बनेकाले नयाँ सरकारका प्रधानमन्त्रीको हातबाटै आयोजनाको शिलान्यास गराउने प्रक्रिया अघि बढेको हो । बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् । ‘यो दुरगामी [&hellip;]</p>

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको शिलान्यास केपी ओलीले गर्ने भएका छन् । यस अघि मंसिर अन्तिम साता आयोजनाको शिलान्यास गर्ने तयारी गरिएको थियो । तर बामपन्थी सरकार निर्माण हुने अवस्था बनेकाले नयाँ सरकारका प्रधानमन्त्रीको हातबाटै आयोजनाको शिलान्यास गराउने प्रक्रिया अघि बढेको हो । बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् ।

‘यो दुरगामी महत्वको आयोजना हो, नयाँ सरकारका प्रधानमन्त्रीको हातबाट शिलान्यास गराउने योजना सहित जग्गा अधिग्रहणको फाइल मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमै रोकिएको छ’, श्रोतले भन्यो । श्रोतका अनुसार मन्त्रिपरिषदको कार्यालयका उच्च कर्मचारीले नै नयाँ सरकार आएपछि मात्रै आयोजना शिलान्यास गराउने योजना बनाएका हुन् ।

बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट अन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन अन्तिम तयारी भैरहेको छ । शिलान्यास भएको २ बर्षभित्र जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । यसको अनुमानित लागत ६ अर्ब रहेको छ ।

ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।

Share News