काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखा सामाखुशीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् ।
सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले गण्डकी विकास बैक एक सवल र सक्षम विकास बैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका छन् । साथै, पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताएका छन् ।
कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेश बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराएका थिए ।
बंैकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, एसएमएस, आश्वा, मोबाइल बैकिङ्ग, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
बैकले केन्द्रीय कार्यालय सहित ५२ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न सम्पूर्ण बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको बैंकले जनाएको छ ।