राहुघाट जलविद्युत आयोजना कम्पनी मोडेलमा, आईपीओ निष्कासन गर्ने

<p>काठमाडौं । प्रस्तावित ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजनाले आईपीओ निष्कासन गर्न रघुगंगा हाइड्रोपावर लिमिटेड स्थापना गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा रघुगंगा दर्ता भएको छ । पुस १ गतेदेखि कम्पनीको नामबाट कारोबार हुनेछ । आईपीओ निष्कासनका लागि राहुघाट कम्पनी प्रारुपमा निर्माण हुन लागेको आयोजना प्रमुख श्रीराम [&hellip;]</p>

काठमाडौं । प्रस्तावित ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आयोजनाले आईपीओ निष्कासन गर्न रघुगंगा हाइड्रोपावर लिमिटेड स्थापना गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा रघुगंगा दर्ता भएको छ । पुस १ गतेदेखि कम्पनीको नामबाट कारोबार हुनेछ । आईपीओ निष्कासनका लागि राहुघाट कम्पनी प्रारुपमा निर्माण हुन लागेको आयोजना प्रमुख श्रीराम पाण्डेले बताए ।

कम्पनी स्थापना भएकाले आउदो केही महिनाभित्र आयोजना प्रभावित स्थानियबासिन्दा, नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी र सर्वसाधारणलाई गरी ३० प्रतिशतसम्म आईपीओ निष्कासनको प्रक्रिया थाल्ने उनले जानकारी दिए । आईपीओ निष्कासनका लागि आयोजनालाई कम्पनी मोडेलमा विकास गर्न लागिएको पाण्डेले स्पष्टपारे ।

भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियत ऋणमा निर्माण हुन लागेको राहुघाटमा हाल विद्युत प्राधिकरणको सत्प्रतिशत लगानी छ । आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच ठेक्का सम्झौता भइसकेको छ । काम सुरु गरेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो ।

आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आयोजना ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको हो । आयोजनाको काम अगामी सन् २०२१ मा सम्पन्न हुने छ । एक्जिम बैंकले सहमति दिएपछि ठेकेदार परिचालन हुने छ । एक महिनाभित्र सहमति लिएर ढिलोमा माघदेखि ठेकेदार परिचालन गर्ने योजना कम्पनीको छ । इलेक्ट्रोमेकानिकल प्याकेजका लागि छिट्टै ग्लोबल टेण्डर हुदै छ ।

भारतको ऋण सहयोगमा आयोजना निर्माण हुन लागेको हो । भारतीय कम्पनीबीच प्रतिस्पर्धा गराइएको थियो । यस्तै इलेक्ट्रोमेकानिकल प्याकेज पनि भारतीयबीच नै प्रतिस्पर्धा हुने छ । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधिकरणले आयोजनाको काम अघि बढाएको हो ।

आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्क लगाइ निर्माण सुरु हुन लागेको हो । कार्यतालिकाअनुसार सम्झौताअनुसार आयोजना सन् २०७० सालमा आयोजनाको सकिनु पर्ने थियो । नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा संभाव्यताको अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ ।

आयोजना म्याग्दीको पिप्ले, झी र डिगम गाविसमा पर्छ । जिल्लामा पर्ने सो आयोजना पोखरादेखि ८३ किलोमिटर टाढा रहेको छ । आयोजना वाग्लुङ जोमसोम राजमार्गको गलेश्वरमा रहेको छ । राहुघाट कालिगण्डकीको सहायक नदी हो । आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो मोदीखोला सवस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ ।

 

Share News