सिद्धार्थ बैंकको नयाँ शाखा बनेपामा

<p>काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा बनेपाको बनेपा बजारमा विस्तार गरेको छ । बैंकले यस शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, बैंकले प्रदान गर्ने उच्चस्तरिय तथा आधुनिकतम बैंकिङ सेवाबाट यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण लाभान्वित हुनेमा बैंक विस्वस्थ रहेको छ । हालै सञ्चालनमा आएको नयाँ शाखा सहित [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा बनेपाको बनेपा बजारमा विस्तार गरेको छ । बैंकले यस शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

साथै, बैंकले प्रदान गर्ने उच्चस्तरिय तथा आधुनिकतम बैंकिङ सेवाबाट यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण लाभान्वित हुनेमा बैंक विस्वस्थ रहेको छ ।

हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०४ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप ८२ अर्ब १५ करोड रुपैयाँ र कर्जा लगानी ७३ अर्ब ८० करोड रुपैयाँ गरेको छ ।

Share News