बुटबल पावरले चीनियाँ लगानी ल्याउन काम थाल्याे, ५ वर्षमा २ खर्ब भित्राउने

<p>काठमाडौं । चीनियाँ कम्पनीसंग जलविद्युत बनाउने समझदारी गरेको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले त्यहाँबाट विदेशी लगानी ल्याउन प्रक्रिया सुरु गरेको छ । चीनको ३ वटा र बीपीसीको संयुक्त लगानीमा गठन भएका एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालिको सञ्चालक समिति बैठकले लगानी ल्याउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । कम्पनीको बैठकले जलविद्युत [&hellip;]</p>

काठमाडौं । चीनियाँ कम्पनीसंग जलविद्युत बनाउने समझदारी गरेको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले त्यहाँबाट विदेशी लगानी ल्याउन प्रक्रिया सुरु गरेको छ ।

चीनको ३ वटा र बीपीसीको संयुक्त लगानीमा गठन भएका एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालिको सञ्चालक समिति बैठकले लगानी ल्याउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

कम्पनीको बैठकले जलविद्युत आयोजना अघि बढाउनका लागि चीनबाट वैदेशिक लगानी ल्याउने निर्णय गरेपछि यसको प्रक्रिया सरु भएको बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए ।

उनले लगानी ल्याउनका लागि नेपाल राष्ट्र बैंकलगायत अन्य निकायमा छलफल सुरु गरेको जानकारी दिए । संयुक्त कम्पनी एसीआईजीको काम सुरु भएको उनले बताए ।

चीनबाट आवश्यकताअनुसार लगानी आउने उनको भनाई छ । एसीआईजी इन्टरनेसनले १०८ मेगावाटको तल्लो मनाङ मस्र्याङदी आयोजनामा चीनबाट लगानी ल्याउने भएको छ ।

एसीआईजीमा बीपीसीको २० सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, छेन्दु सिछेङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्युआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

बीपीसीले चीनियाँ कम्पनीसंगको साझेदारीमा आगामी ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न लक्ष्य लिएको छ । १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ अर्थात २ अर्ब अमेरिकी डलर चीनबाट लगानी ल्याउनेछ ।

तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीले हाल ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजना निर्माण थालेको छ ।

 

Share News