स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि मुद्धतिमा १० प्रतिशत ब्याज दिने

<p>&nbsp; काठमाडौं । अन्य वाणिज्य बैंकले जस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि मुद्धति निक्षेपको ब्याज दर बढाएर १० प्रतिशत पुर्याएको छ । बैंकले १ वर्षे मुद्धति निक्षेपमा १० प्रतिशत र ६ महिनाका लागि ९ प्रतिशत ब्याज दर दिने गरी नयाँ मुद्धति निक्षेप योजना ल्याएको हो । एक साताअघि बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर ९ प्रतिशत बनाएको [&hellip;]</p>

 

काठमाडौं । अन्य वाणिज्य बैंकले जस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि मुद्धति निक्षेपको ब्याज दर बढाएर १० प्रतिशत पुर्याएको छ ।

बैंकले १ वर्षे मुद्धति निक्षेपमा १० प्रतिशत र ६ महिनाका लागि ९ प्रतिशत ब्याज दर दिने गरी नयाँ मुद्धति निक्षेप योजना ल्याएको हो ।

एक साताअघि बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर ९ प्रतिशत बनाएको थियो ।

बैंकले एक साताभित्रै मुद्धति निक्षेपको ब्याजदर बढाएको छ । केही बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएर साढे ११ प्रतिशत पुर्याइ सकेका छन् ।अधिकांश बैंकको ब्याज दर १० प्रतिशत माथि छ । स्ट्याण्र्ड चाटर्ड बैंकको आधार ब्याजदर अन्य निजी बैंकको भन्दा कम रहेको छ ।

Share News