पुँजी बजार र अर्थतन्त्रबीच नमिलेको सम्बन्ध

  २०७३ भदौ २७ गते ६:१३     भरत पाैडेल

bharat-paudelकुनै पनि देशको पुँजी बजारले समग्र देशको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दछ। पुँजीको सहि परिचालन हुन सकेको खण्डमा मात्र विकासले निश्चत गिित लिन सक्दछ। नेपालको सन्दर्भमा पुँजी बजार र अर्थतन्त्रबीच त्यति तादम्यता मिलेको पाइदैन। विश्व बैकले पछिल्लो समय निकालेको प्रतिबेदनलाई आधार मानेर हेर्दा चालुआर्थिक वर्षमा एक प्रतिशतको ब्रिदिदर हासिल गर्न मुस्किल पर्ने देखिन्छ भने अर्कोतर्फ विभिन्न आस्थिरताहरुको बाबजुत अर्थतन्त्रको बास्तबिक ऐना मानिने सेयर बजार नयाँ रेकर्डहरु कायम गर्ने क्रमसँगै ऐतिहासिक छलाङ मार्ने क्रममा रहेको देखिन्छ।

जुन देशमा चरम बेरोजगारी, राजनीतिक आस्थिरता, भुकम्प लगायतका प्राकृतिक प्रकोपले आर्थिक कृयाकलापहरु सहज् रुपले अगाडि बढ्न नसकेको अवस्था छ त्यहको बजारको अवस्था माथि उक्लनु त्यती समय सान्दर्भिक मनिदैन। वर्तमान अवस्थामा बैक तथा वितिय सस्थाहरुले पुँजीबजारको दुई तिहाइ भन्दा बढी भाग ओगटेको पाईन्छ। आम जनताको जिबिको पार्जन तथा रियल स्टेट लगयतका गैर उत्पादनशिल क्षेत्रमा बितिय संस्थाहरुको लगानी अत्याधिक मात्रामा परिचालन हुनु तथा उत्पादनशिल क्षेत्रमा संस्थागत लगनिकर्ताहरु आकर्सित हुन नसक्नुले अर्थतन्त्रसँग पुँजीबजार को सम्बन्ध बिपरित हुन पुगेको छ । त्यस्तैगरी पुँजीबजारमा वास्तबिक क्षेत्रहरुको निर्माण हुनु अर्को महत्वपूर्ण आवश्यकता हो। रियल सेक्टरको बजारमा नेत्रित्वदयी प्र्तिनिधित्व हुन नसक्नु नै आहिलेको स्थितिदेखा पर्नुको अर्को प्रमुख कारक मान्न सकिन्छ।
वास्तबिक क्षेत्रहरु सडक, पुल, कलकारखाना, अस्पताल, स्कुल, यातायात, जलबिद्युत, संचार सँग सम्बन्धित संस्थाहरुलाई पुजिबजारमा आकर्षित गर्नको निम्ती राज्यको तर्फबाट ऐन नियम हरुमा समयनुकुल सम्सोधन गरी एनसेल, सिजी ग्रुप लगायतका कम्पनीहरुलाई यस क्षेत्रमा समाबेश गर्न सकेको खन्डमा ती संस्थाहरुमा वित्तिय अनुशासन कायम गर्न सजिलो हुनुको देशको अर्थतन्त्रमा समग्र आर्थिक कृयाकलापहरुको बास्तबिकता प्रस्टसँग चित्रित हुन सक्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.