आइपिओको पर्खाइमा हुनुहुन्छ ? अब एक मात्र विकल्प जलविद्युत कम्पनी

  २०७३ असोज २६ गते ९:५८     विकासन्युज

काठमाडौं, २५ असोज । कम्पनीहरुले सर्बसाधारणलाई दिने साधारण सेयर ९आइपिओ० को पर्खाइमा हुनुहुन्छ भने अवको एक मात्र विकल्प जलविद्युत कम्पनी मात्रै हुन् । पूजी बजारमा उल्लेख्य सहभागिता रहेको बैंक तथा वित्तीय संस्थाको दर्ता बन्द भएको, बीमा कम्पनी पनि नयाँ आउन नदिने अघोषित नीति र उत्पादनमुलक क्षेत्रलाई पूजी बजारमा भित्र्याउन आवश्यक पहल नभएको कारण जलविद्युत कम्पनीको विकल्प नदेखिएको हो ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षसम्ममा लघुवित्त कम्पनीहरुको लागि अनुमति दिने गरेको थियो । यस्ता कम्पनीहरुले सर्वसाधारणलाई कम्तिमा पनि ३० प्रतिशत सेयर दिने गरेका थिए । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लाइसेन्स अगाडिदेखि नै बन्द थियो । अब लघुवित्तको पनि लाइसेन्स बन्द भएपछि त्यस्ता संस्थाको आइपिओ पनि बन्द भएको छ । अहिले संचालनमा रहेका बैंक वित्तीय संस्थाले आइपिओ जारी गरिसकेका छन् ।

बीमा समितिले नयाँ बीमा कम्पनी खोल्नको लागि अनुमति दिने गरेको छैन । उसले घोषित रुपमा लाइसेन्स बन्द नगरेपछि लामो समयदेखि अनुमति माग्ने कम्पनीलाई त्यसै झुलाएर तत्काल नयाँ कम्पनी नथप्ने संकेत दिएको छ । अहिले संचालनमा रहेका बीमा कम्पनीहरुले आइपिओ जारी गरिसकेका छन् । नयाँ कम्पनी नआउने हुदा यो क्षेत्रवाट पनि आइपिओ आउने सम्भावना छैन ।

सरकारले उत्पादन मुलक र क्षेत्रलाई पूजी बजारमा ल्याउनको लागि खास पहल गरेको छैन । उद्योगी ब्यवासयी पनि आफ्नो कम्पनीको आइपिओ सर्वसाधारणले किन्लान कि नकिन्लान भन्ने दोधारमा छन् । विगतमा आइपिओ जारी गरेर कम्पनी नै बेपत्ता हुने गरेको कारण त्यसको नाकारात्मक असर अहिले आफूहरुलाई पर्छ कि भन्ने चिन्तामा रहेको देखिन्छ ।

धितोपत्र वोर्डले सार्वजनिक गरेको गत बर्षको तथ्यांकले पनि आइपिओको लागि अवको एक मात्र विकल्प जलविद्युत कम्पनी नै हो भन्ने देखाएको छ ।

बोर्डले गत आर्थिक बर्षमा १६ कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको थियो । यसमध्ये ८ कम्पनी त जलविद्युत कम्पनी नै थिए । गत बर्ष जलविद्युत लगानी तथा विकास कम्पनी, ङदी ग्रुप पावर, खानीखोला जलविद्युत कम्पनी, दिब्यश्वरी जलविद्युत कम्पनी, ङादी ग्रुप पावर कम्पनी, अरुण कावेली पावर कम्पनी र दिब्यश्वरी जलविद्युत कम्पनीले आइपिओ जारी गरेका थिए । यसमध्ये दिब्यश्वरी र ङादीले स्थानीयबासीको लागि छुट्टै आइपिओ जारी गरेकोले संख्या दोहोरो देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.