रौतहटको चन्द्रनिगाहपुरमा एनआईसी एशिया बैंक

<p>काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले गरेका हुन् । हाल बैंकले २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले गरेका हुन् ।

हाल बैंकले २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १६३ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११३ रुपैयाँ अर्ब र कुल निक्षेप करिब १३९ रुपैयाँ अर्ब पुगिसकेको छ ।

Share News