काठमाडौं । आइतबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ६० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३९२ रुपैयाँ रहेको थियो ।
लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।