
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित २६.३२ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेबमोजिम सेयरधनीले हाल कायम चुक्ता पुँजीको कर सहित सो मात्राको नगद लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले कर समेत ६ करोड ३८ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।
त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट साविककै सञ्चालक सविना उपाध्याय र गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोध रुपमा चयन गरेको छ ।
हाल संस्थाले ४७ जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत ७२ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । ३ अर्बभन्दा बढी कर्जा लगानी गरेको यस संस्थाले १ अर्ब भन्दा बढी बचत संकलन गरेको विज्ञप्तिमा उल्लेख छ ।
