पानस रेमिट र टीएमएलबीच संझौता, अब मलेसियाबाट पनि रेमिट सेवा

<p>काठमाडौँ । पानस रेमिट प्रालि र मलेसियामा रहेको टीएमएल रेमिट्यान्स सेन्टरबीच संझौता भएको छ । टीएमएल रेमिट्यान्स मार्फत मलेसियाबाट आउने विप्रेषण रकम नेपालमा पानस रेमिट मार्फत भुक्तानी गर्ने सम्झौता भएको हो । सम्झौतामा पानस रेमिटको तर्फवाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेल र टीएमएल रेमिट्यान्सको तर्फबाट मुख्य कार्यकारी अधिकृत अलबर्ट लिमले हस्ताक्षर गरेका छन् । सम्झौता [&hellip;]</p>


काठमाडौँ । पानस रेमिट प्रालि र मलेसियामा रहेको टीएमएल रेमिट्यान्स सेन्टरबीच संझौता भएको छ ।

टीएमएल रेमिट्यान्स मार्फत मलेसियाबाट आउने विप्रेषण रकम नेपालमा पानस रेमिट मार्फत भुक्तानी गर्ने सम्झौता भएको हो । सम्झौतामा पानस रेमिटको तर्फवाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेल र टीएमएल रेमिट्यान्सको तर्फबाट मुख्य कार्यकारी अधिकृत अलबर्ट लिमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार टीएमएलको मलेसिया भर रहेका ६० शाखा मार्फत नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले पानस रेमिटको नेपाल भर रहेको ७००० भुक्तानी केन्द्रहरु बाट सहज रुपमा भुक्तानी पाउन सक्ने छन्।

पानस रेमिटले विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्रयाई रहेको छ।

Share News